गैडाकोटमा जारी दोस्रो गैडाकोट मेयर कप-२०७९ को तेस्रो तथा नकआउट खेलमा चितवनले स्याङ्गजालाई १ रनले हराउदै सेमी-फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

टस जितेर नवजागरण खेल मैदानमा ब्याटिंग गरेको चितवनले १८. ४ ओभरमा सबै विकेट गुमाउदै १४६ रन जोडेको थियो।सुरुवात बाटै निरन्तर राम्रो प्रदसन गर्दै आएको स्यांग्जाका लागि इश्वोर छेत्रिले २५ बलमा ४२ रन जोडेका थिए ।
त्येस्तैगरि सन्दिप क्षेत्रीले २१ बालमा ३७ रान जोडेका थिए र सौजन्य रेग्मी ले २४ रनको योगदान गरेका थिए ।
अन्तिममा बिशाल कोइरालाले १६ बलमा १२ रनको जोहो गर्न बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झन लायक रहेन। चितवनका कप्तान दिपेश श्रेष्ठ ४ ओवर मा १ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । १४६ रनको सामान्य लक्ष्यको रक्षा गर्दै मैदानमा होमिएको चितवनले १ रनको झिनो अन्तरले जित दर्ता गर्यो। जितमा दिपेश श्रेष्ठ र कृजन गुरुङ्गले महत्त्वपूर्ण योग्दान गरे।

आक्रामक पारी खेल्दै कृजन गुरुङ्गले २३ बलमा ३७ रन प्रहार गरेका थिए। गुरुङ्गले ६ चौका र १ छक्का प्रहार गरे। दिपेश श्रेष्ठले २३ बलमा ३५ रन जोडे। प्रत्योगितामा चितवनको तर्फबाट गौतम केसी र बाबुराम भटराईले समान एक एक विकेट लिए।
खेलको म्यान अफ द म्याच चितवनका कृजन गुरुङ्ग भए।

प्रतियोगतामा गण्डकी प्रदेशबाट पर्बत , स्यांग्जा ,नवलपुर ,तनहु , बग्लुङ्ग , र कास्की रहेका छन् भने बाग्मती बाट चितवन र लुम्बिनी प्रदेश बाट नवलपरासी टोली रहेका छन्। प्रतियोगिताको उद्घाटन खेल नवलपुर र पर्बत खेलेका थिए । प्रतियोगिताको विजेताले रु दुइ लाख धनराशी हात पर्ने छ साथै उप बिजेताले १ लाख १० हजार धनराशी हात पर्ने छ। प्रतियोगिताको लाइभ स्कोर ढिंडो क्रिकेटले गरेको छ।