धादिङ क्रिकेट लिगको दोस्रो खेलमा धुनीबेसी नगरपालिकाले त्रिपुरासुन्दरी गाउँपालिका माथि ४ रनको जित दर्ता गरेको छ। बिशालतारको खेलमा मैदानमा टस जितेर धुनीबेसी नगरपालिकाले ब्याटिङ गर्ने निर्णया गरेको थियो।
धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १११ रन जोड्यो। धुनीबेसीका ओपनर कौशल रुपाखेतीले १५ बलमा २५ रनको आक्रामक पारी खेले। उनले दुइ चौका र दुइ छक्का प्रहार गरे। साथै कप्तान सुदिप पाठकले २८ बलमा ३९ रन प्रहार गरे। आक्रामक ब्याटिङ गरेका उनले एक चौका र चार छक्का प्रहार गरे। सुनिल बानियाले २१ तथा प्रनित भट्टले १७ रन जोडे। अन्य ब्यटरको भने सम्झना लायक प्रदर्शन रहेन।
त्रिपुरासुन्दरी गाउँपालिकाका राम रानाले ४ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिए। श्री कृष्ण ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए। उदय थापाले २ विकेट लिए।

१२५ रनको लक्ष्य लिएर मैदान आएको त्रिपुरासुन्दरीलाई अन्तिम ओभरमा ९ रन आवश्यकता रहदा धुनीबेसीका बलर कौशलले ९ रन रोक्दा धुनीबेसीले ४ रनले विजय भएको छ। त्रिपुरासुन्दरीका सुसाद थपलियाले ३९ बलमा २६ रन प्रहार गरे। अस्बिन सापकोटाले २४ बलमा २२ रन जोडे। अन्य ब्यटरको भने सम्झना लायक प्रदर्शन रहेन।
धुनीबेसीका कौशलले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए। सुशान बानियाले ३ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए। सुदिप पाठक र सफलले भने सम्मान १-१ विकेट लिए। खेलको म्यान अफ द म्याच अल राउण्डर प्रदर्शन गरेका कौशल रुपाखेती भए।
भोली दोस्रो दिन डीसीएलमा ३ खेल हुदै छ। खेल तालिका र खेलको अपडेट livematch.dhindocricket.com/live मा हुनेछ।