गैडाकोटमा जारी दोस्रो गैडाकोट मेयर कप-२०७९को चौथो तथा नकआउट खेलमा कास्कीले नवलपरासीलाई ६ विकेटले हराउदै सेमी-फाइनलमा आफ्नो स्थान पक्का गरेको छ भने भोलि हुने दोस्रो सेमी फाइनलमा चितवनसंग फाइनलका लागि भिड्ने छ।
नवजागरण खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको नवलपरासीले २० ओभरमा ९ विकेट गुमाउदै १०५ रन जोडेको थियो ।नवलपरासीका ओपनर ब्यटर अमर रमैलीले ३७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३९ रन प्रहार गरे। साथै मनिष थापाले १३ र करण वि.केले १४ रन जोड्नु ब्यटरको प्रदर्शन सम्झन लायक रहेन।

कास्कीका बिस्वाश पराजुलीले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए। साथै कृष्ण पौडेलले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए। अमृत गुरुङ र किरण पौडेलले सम्मान १/१ विकेट लिए।
१०६ रनको सामान्य लक्ष्य लिएर मैदानमा आएको कास्कीले १८.१ ओभरमा ४ विकेट गुमाउदै भेट्यो। टोलीको जितमा ओपनर ब्यटर किरण पौडेलले प्रतियोगिताको दोस्रो अर्धसतक प्रहार गरे। किरणले ४९ बलमा ५३ रनको आजिबित पारी खेले। अर्धसताकिया पारीमा उनले ८ चौका र १ छक्का प्रहार गरे। अर्को ओपनर मुस्कान थापाले १३ तथा कप्तान अमृत गुरुङले २१ रन प्रहार गरे।

नवलपरासीका जितेन्द्र साहनी , करण बि.के , बिष्णु कटरिया र रुपेश कुर्मीले सम्मान एक एक विकेट लिए। खेलको म्यान अफ द म्याच कास्कीका किरण पौडेल भए।

साथै गैडाकोटमा जारी दोस्रो गैडाकोट मेयर कप-२०७९को भोली सेमी फाइनलको खेलहरु हुनेछन। पहिलो खेलमा नवलपुर र तनहु खेल्ने छन् भने दोस्रो खेलमा चितवन र कास्की खेल्ने छन्। प्रतियोगिताको विजेताले रु दुइ लाख धनराशी हात पर्ने छ साथै उप बिजेताले १ लाख १० हजार धनराशी हात पर्ने छ।