गैडाकोटमा जारी दोस्रो गैडाकोट मेयर कप-२०७९ को चौथो दिनको दोश्रो सेमि -फाइनलको खेलमा चितवनले कास्कीलाई ५ विकेटले हराउदै फाइनलमा आफ्नो स्थान पक्का परेको छ।
टस जितेर नवजागरण खेल मैदानमा ब्याटिङ गरेको कास्कीले २० ओभर ६ विकेट गुमाउदै १३५ रन जोडेको थियो। उसका लागि ब्याटिङमा ओपनिङ्गमा आएका मुस्कान थापाले जोड्दार ब्याटिङ गर्दै ४२ बलमा ४१ रन प्रहार गरेका थिए।
किरण पौडेलले २७ बल मा ३४ रन साथै अबिशेक थापा ले ३० बलमा ३७ रन जोडेता पनि जीतका लागि पर्याप्त हुन पुगेन।
१३६ रन को बिजय लक्ष्य लिएर मैदान मा उत्रिएको चितवनले निर्धारित १७. १ ओभरमै ५ विकेट गुमाउदै सहज जित हात पर्न सफल भयो। चितवनका तर्फाबाट प्रतिक श्रेष्ठले २० बल मा ५ छक्का प्रहार गर्दै ३५ रन बनाउन सफल भएका थिए , भने साकार ढकाल ले ३५ बलमा ३३ रन र हरि बहादुर चौहानले २६ बल मा २९ रन बनाएका थिए ।
बलिङ्ग तर्फा कप्तान दिपेश श्रेष्ठले सान्दार स्पेल खेल्दै ४ ओवर मा २० रन खर्चिएर २ विकेट लिएका थिए ।
प्रतियोगितामा चितवनको तर्फबाट क्रिजन गुरुङ्ग ,दनिश इकबाल र बाबुराम भटराईले समान एक एक विकेट लिए।
म्यान अफ द म्याच चितवनका दिपेश श्रेष्ठ घोषित भए।
नवलपुरको गैडाकोटमा भोली हुने दोस्रो गैडाकोट मेयर कप-२०७९को फाइनलको खेलमा उपाधीको लागि चितवन र तनहु एक -अर्कासँग भिड्ने भएका छन्। प्रतियोगिताको विजेताले रु दुइ लाख धनराशी हात पर्ने छ साथै उप बिजेताले १ लाख १० हजार धनराशी हात पर्ने छ। प्रतियोगिताको लाइभ स्कोर ढिंडो क्रिकेटले गर्ने छ|