Skip to content
Home » एलपीएल : लिटल फ्लावर र सत्यवती विजयी

एलपीएल : लिटल फ्लावर र सत्यवती विजयी

  • by

कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन्।

दिनको पहिलो खेलमा सत्यवती एकेडेमी अत्तरियाले सैनिक आवसीय महाविद्यालय अत्तरियालाई २ विकेटले पराजित गर्यो। सैनिक आवासीयले दिएको १४१ रनको लक्ष्य सत्यवतीले १९.३ ओभरमा ८ विकेट गुमाएर भेटायो। सत्यवतीको जितमा ओपनर खगेन्द्र जोशीले अविजित ५७ रन योगदान दिए। प्लेयर अफ द म्याच घोषित जोशीले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै इमरान शेखले २८, प्रतिक श्रेष्ठले २० रन बनाए। सैनिकका बलर रबिन्द्र कार्की र सागर चन्दले २/२ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १४० रन बनायो। उसको लागि विशाल ऐरले सर्वाधिक ६४ रन बनाए जुन क्रममा उनले ४१ बलमा ९ चौका प्रहार गरे। सन्दिप बिस्टले २९ तथा कप्तान अनुराग सिंहले २१ रन बनाए। सत्यवतीका बलर प्रतिक श्रेष्ठले २ तथा अभिषेक कोइराला र सोनु अन्सारीले १/१ विकेट लिए।

मंगलबारनै सम्पन्न दोश्रो खेलमा लिटल फ्लावर प्रिमियर लिगले गुराँस एकेडेमीलाई ८३ रनले पराजित गर्यो। लिटल फ्ल्वारले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा गुराँस एकेडेमीले ११.४ ओभरमा ६९ रन बनाउदा सबै विकेट गुमायो।

लिटल फ्ल्वारका बलर अनुराग सिंह एक्लैले ५ विकेट लिए जुन क्रममा उनले २.४ ओभरमा ११ रन खर्चिए। अनुराग प्लेयर अफ द म्याच घोषित भए। सुबोध तिवारीले २ तथा रोशन रावल र सार्थक बमले १/१ विकेट लिए। गुराँस एकेडेमीका सचिन साउदले २६ तथा बिशाल बिस्टले २२ रन बनाए। यस अघि टस जितेर ब्याटिंग गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १५२ रन बनायो।

लिटल फ्ल्वारको लागि नरेन भट्टले सर्व्धिक ६४ रन योगदान दिए जुन क्रममा ५१ बलमा ८ चौका प्रहार गरे। बसन्त सिंह कार्कीले ३१ तथा कप्तान बिपिन रावलले २७ रनको योगदान दिए। तेश्रो विकेटको लागि नरेन र बसन्तले ८३ रनको साझेदारी गरे। गुराँस एकेडेमीका बलर रभी बिस्टले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत पाँचौ दिन बुधबार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे लोटस आई र शारदा विद्या निकेतन तथा दोश्रो खेलमा दिउँसो १ बजे नव बाल बाटिका र होलि फेमिली स्कुल प्रतिस्पर्धा गर्नेछन्।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् । फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *