Skip to content
Home » अनिशा र सलिनाको सानदार प्रदर्शनमा चितवन विजयी

अनिशा र सलिनाको सानदार प्रदर्शनमा चितवन विजयी

  • by

गैडाकोटमा जारी मेयर कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण ४ सेमी-फाइनल टोलीको टुंगो भए संगै आज नवजागरण खेल मैदानमा चितवन र नवलपुरको महिला टोली बिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ। खेलमा चितवनको महिला टोलीले नवलपुर माथि २१ रनको जित दर्ता गरेका छन्। खेल १५ / १५ ओभरको छुटाएको थियो।

नवजागरण खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले १५ ओभरमा ५ विकेट गुमाउदै ९५ रन जोडेको थियो। टोलीका लागि ओपनर ब्यटर अनिशा मन्जरकोटी र सलिना सिलवालले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेको थिए। सलिनाले ३० बलमा ४ चौकाको मद्दतमा ३१  रन प्रहार गरिन्। अनिशाले ३६ बलमा २१ रन जोडिन। अन्य ब्यटरको प्रदर्शन सम्झन लायक रहेन।

No description available.

नवलपुरका श्रेया शर्माले ३ ओभरमा १९ रन खर्चिएर २ विकेट हात परिन्। साथै आयुष्मा चापागाई र यमुना पंगेनीले सम्मान एक एक विकेट हात पारे।

९६ रनको बिशाल लक्ष्य लिएर मैदानमा आएको नवलपुरले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउदै केवल ७७ जोड्यो। नवलपुरको श्रेया शर्माले २७ बलमा १७ रन जोड्नु बाहेक अन्य ब्यटरको प्रदर्शन सम्झन लायक रहेन।

चितवनका अनिशा मन्जरकोटीले ३ ओभरमा १९ रन खर्चिएर ३ विकेट हात पारिन। साथै सुस्मा खड्काले ३ ओभरमा ८ रन खर्चिएर २ विकेट हात पारिन। सलिना सिलवाल , निशा र सन्ध्या थापाले सम्मान एक विकेट लिए। खेलको वोमेन अफ द म्याच अनिशा मन्जरकोटी भइन।

साथै गैडाकोटमा जारी दोस्रो गैडाकोट मेयर कप-२०७९को भोली सेमी फाइनलको खेलहरु हुनेछन। पहिलो खेलमा नवलपुर र तनहु खेल्ने छन् भने दोस्रो खेलमा चितवन र कास्की खेल्ने छन्। प्रतियोगिताको विजेताले रु दुइ लाख धनराशी हात पर्ने छ साथै उप बिजेताले १ लाख १० हजार धनराशी हात पर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *