प्रधानमन्त्री कप छनोट प्रतियोगिता अन्तर्गत मधेश प्रदेशमा आज भएको खेलमा बारा र रौतहटले जित हासिल गरेका छन।
बाराले पर्सा विरुद्द टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको थियो। ओपनिङ्गका रुपमा आएका मेघराज महरा र तिरित राज दासले उत्कृष्ट सुरुवाती गरेका थिए भने बाराका कप्तान समेत रहेका अनिल कुमार शाहले सानदार प्रदर्शन गर्दै १४९ रनको महत्वपुर्ण पारी खेलेका थिए। बाराले ५० ओभर खेल्ने क्रममा ७ विकेट गुमाउदै ३०६ रन जोडेको थियो। बलिङका तर्फबाट भने शाइफ़ुल्ला अन्सारी र रञ्जित कुमारले समान ३-३ विकेट लिएका थिए। यस्तै सम्सद अन्सारीले १ विकेट हात पारेका थिए।
३०७ रनको विशाल लक्ष्य पछ्छाउने क्रममा पर्सा १४२ समेटिन पुग्यो। पर्साका लागि सन्तोष कार्कीले २९, अल्फाज मह्सुरीले ३६ रन जोडे भने अरु ब्याटर्सले खासै सम्झना लायक प्रदर्शन गरेनन। पर्सालाइ सस्तैमा समेट्ने क्रममा बाराका निखिल सिंहले 8.२ ओभर बलिङ गर्दै १ मेडन सहित ३१ रन खर्चदा ५ विकेट हात पारे। यस्तै कुमार सानु थापाले २ विकेट प्राप्त गर्दा आदिल अन्सारी , निकेश गुप्ता र अरनिको यादवले समान १-१ विकेट हात पारे। खेलमा १४९ रनको उत्कृष्ट पारी खेलेका अनिल प्लेयर अफ द म्याच घोषित भए।
यस्तै अर्को खेलमा सर्लाहीले रौतहट विरुद्द टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै सर्लाहीले अलि हसनको २७, अतिश दासको ३१, रोशन पुलामी मगरको २८ र दयानन्द मण्डलको नटआउट २१ रनको पारीले १८९ रन जोड्न सफल भएको थियो। सर्लाहीलाइ सस्तैमा रोक्नका लागी राजेश यादवले ३ तथा नरेश शाहले २ विकेट हात पारे भने अरु बलरले १-१ विकेट आफ्नो नाममा पारे।
१९० रनको सामान्य लक्ष्यको पिछा गरेको रौतहटका ओपनर दुवै ब्याटर्सले सानदार प्रदर्शन गर्दा सर्लाही १० विकेटले पराजित हुन पुग्यो। जसमा अर्भिनो जयसवालले ७५ रन प्रहार गरे भने अर्का ओपनर डब्लु मालिकले ९७ बलमा १४ चौका र २ छक्काको मद्दतले १०१ को सतकीय पारी खेलेका थिए। जितसंगै डब्लु मालिक खेलको उत्कृष्ट खेलाडि घोषित भए।